सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयका विरुद्ध परेको रिटको आज (आइतबार) बहस हुँदैछ ।
गत जेठ २२ गते सर्वोच्च अदालतले आयोगको निर्णय यथास्थानमा राख्न आदेश दिदै त्यसको तीन दिनपछि दुवैपक्षलाई छलफलका लागि बोलाएको थियो ।
सोमबार न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले यस्तो आदेश गर्दै अन्तरिम आदेश अगाडि छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।
अभिवक्ता तुल्सिराम पाण्डे र भरतपुर–१९ का खुलातर्फका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विश्वकर्माले आयोगको पुन निर्वाचन गर्ने निर्णय अस्वीकार गर्दै निवेदन दिएका थिए ।
मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछी शुरु भएको विवाद निर्वाचन आयोग हुँदै अदालत पुगेको थियो । मतपत्र च्यात्नेहरु धरौटीमा छुटिसेका छन् ।
भरतपुर महानगरपालिका वडानम्बर १९ का एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने भन्दै उत्प्रेषण माग गरेका थिए ।
रिट निवेदकले च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरेका थिए ।
यसअघि कांग्रेस माओवादी केन्द्रले आयोगको निर्णअनुसार पुन मतदान गर्नुपर्ने पक्षमा छन् भने एमाले च्यातिएका मतपत्र छोडेर पुन मतगणना गर्नुपर्ने बताउदै आएका छन् ।