काठमाडौ जेठ १८
एनबी इन्स्योरेन्स कम्पनीले आगामी असार पाँच गते २७ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुंजी २७ करोड मध्येबाट एक बराबर एकको अनुपातमा एक २७ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रर्वन्धक ग्लोवल आईएमई क्यापिटल रहेको कम्पनीको हकप्रद सेयरको बिक्री आगामी साउन नौ गतेसम्म जारी रहने छ । हाल अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी २७ करोड रुपैयाँ रहेको कम्पनीको हकप्रदको बिक्री पश्चाात चुक्ता पुंजी ५४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले चालु आर्थिक पछिल्लो नौ महिनामा छ करोड २० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।