बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ डेभलपमेन्ट बैकका अध्यक्ष भण्डारीद्धारा सपथग्रहण

मंगलबार, जेष्ठ १६ २०७४

काठमाडौ जेठ १६
सिद्धार्थ डेभलपमेन्ट बैकका नवनिर्वाचित अध्यक्ष राम बहादुर भण्डारीले सपथ ग्रहण गरेकाछन । अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी समक्ष आज पद तथा गोपनीयताको सपथ लिनु भई आफ्नो पदीय जिम्मेवारी सम्हालेका हुुन । 
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ लागू भए पश्चात उक्त ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले आफु निर्वाचित भए पश्चात तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष सपथ लिनु पर्ने ब्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार नवनिर्वाचित अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकमा आयोजित विशेष समारोहमा सपथ लिनु भएको हो । लिएका हुन्  । डेभलपमेण्ट बैंकको जेठ १२ मा सम्पन्न विशेष साधारण सभाले अध्यक्ष भण्डारीका साथै सञ्चालकहरु रतन लाल अग्रवाल, उद्धव चन्द्र गौतम संस्थापक समुहबाट र अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. सर्वसाधारण समुहबाट गरी जम्मा छ सदस्यीय सञ्चालक समितिको निर्वाचन गरेको  सञ्चालक समिति सदस्यहरुले आफु मध्येबाट निवर्तमान अध्यक्ष भण्डारीलाई नै सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।