बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सामाजिक सेवामा पहिलो उद्योग

सोमबार, जेष्ठ १५ २०७४

कठमाडौं । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रबाहिरको पहिलो उद्योगले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिएको छ । 
उक्त उद्योगले शनिबार आफ्नो स्थापनाको ४५ औं वार्षिकोत्सवको अवसर पारेर हेटौंडाको मुख्य चोकमा रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा ६ महिलासहित ५३ जनाले रक्तदान गरेको उद्योगका प्रवन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघ ३ नम्बर प्रदेशका भावी संयोजक अरुणराज सुमार्गीले बताए । ‘चलाऊ हात पाखुरा, भरु सिप यही धर्तीमा’ नाम दिएर रेडक्रसको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालले गरेका थिए ।  
जिल्ला सदरमुकाम हेटौंडा औद्योगिक नगरका नामले परिचित छ । विगतमा यहाँ धेरै उद्योगधन्दा स्थापना भएर सञ्चालन भए पनि प्रतिकूल औद्योगिक वातावरणका कारण ठूला उद्योगहरु क्रमशः बन्दै हँुदै गएका छन् । यद्यपि, जिल्लाको सबभन्दा पुरानो उद्योगमध्ये एक हेटौंडा चुन उद्योग भने ४५ वर्षदेखि निरन्तर सञ्चालनमा छ ।
नेपालको सामाजिक उत्तरदायीमूलक विभिन्न क्षेत्रमा अतुलनीय योगदान दिनेमा छुटाउन नहुने एउटा नाम माधवराज सुमार्गीले उक्त उद्योग स्थापना गरेका हुन् । उनले मकवानपुरमा उक्त खानी उद्योग शुरु गरेका थिए । 
हाल सुमार्गी समूहले उक्त उद्योग सञ्चालन गर्दै आएको छ । उक्त परिचित व्यावसायिक घरानाले नयाँ उद्यमीलाई उद्यमशील बन्न प्रोत्साहन मिलोस् भन्ने हेतुले कोष नै खडा गरी पुरस्कृत पनि गर्दै आएको छ भने उद्योगले आफ्नो प्रभाव क्षेत्रमा बालबालिकाको अध्ययनमा प्रशस्त सहयोग गर्दै आएको छ । 
माधवराज सुमार्गीले २०२९ सालमा थालेको हेटौंडा चुन उद्योग नै सुमार्गी घरानाको व्यावसायिक यात्राको जग हो । त्यही जगमा टेकेर समूहले हाल शिक्षा, कृषि, सञ्चार, निर्माण र वित्तीय क्षेत्रमा हात हालेको छ । तीमध्ये अधिकांश व्यवसाय मकवानपुरमा छन् ।
विगतमा लगानी गर्दा यसबारे सबै विषय आफैंले पहिचान गर्दै अघि बढ्नुपर्ने र लगानीको जोखिम बढी हुने भए पनि जिल्लालाई चिनाउन माधवराजले बडो मेहनत गरेका थिए । २०३५ सालमा माधवराजको निधन भएको थियो । त्यसपछि सुमार्गी पत्नी विश्वकान्तिको अग्रसरतामा सञ्चालित हेटौंडा चुन उद्योगलाई निरन्तरता दि“दै २०६० वैशाखदेखि खनिजजस्ता क्षेत्रहरुमा आवश्यक लगानी व्यवस्थापन, सञ्चालन सहकार्य गर्ने समेत उद्देश्यसाथ मुक्तिश्री प्रालिले विभिन्न क्षेत्रमा उद्योग÷व्यवसाय स्थापना र सञ्चालन गर्दै आएको छ ।
कम्पनीले राष्ट्रिय आवश्यकताहरुलाई परिपूर्ति गर्ने उद्देश्यसाथ नेपालमा रहेको राष्ट्रिय तथा बहुर्राष्ट्रिय रंगरोगन (पेन्ट) बनाउने उद्योगको कच्चापदार्थ डोलामाइट तथा नेपालमा फस्टाएको पोल्ट्री व्यवसायको दाना बनाउने उद्योगको कच्चापदार्थ क्याल्सियम कार्बोनेट तथा कृषकहरुले माटोमा बढ्दो अम्लीयपनका कारण भोग्नुपरेको समस्यालाई समाधान गर्न कृषि चुन र भवन निर्माणमा प्रयोग हुने मोज्याइक दानासमेत उत्पादन गर्ने देशको अग्रणी खानीजन्य उद्योगका रुपमा हेटौंडा चुन उद्योग प्रालि नामक उद्योग मकवानपुरको तत्कालिन निबुवाटारहु“दै साबिक भैंसे गाविस–७ (हाल भीमफेदी गाउँपालिका–१) मा सञ्चालनमा छ ।