काठमाडौ जेठ ९
नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैक र माछापुच्छे बैकलाई हकप्रद सेयर जारी गर्न अनुमती दिएको छ । धितोपत्र बोर्डले सिद्धार्थलाई चुक्ता पुंजीको १० बराबर तीनको अनुपातमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमती दिएको हो ।
अनुमती अनुसार बैकले बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्फत एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दसमलव १३ कित्ता हकप्रद सेयर जारी गर्र्ने छ । माछापुच्छे लाई पनि बोर्डले बिक्री प्रवन्धक एनएमबी क्यापिटल मार्फत चुक्ता पुंजीको १० बराबर एक दसमलव दुईको अनुपातमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँको हकप्रदको लागि अनुमती दिएको छ । अनुमती अनुसार बैकले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद सेयर जारी गर्ने छ ।