काठमाडौ जेठ ५
छ्याँङदी हाईड्रो पावर कम्पनीले पाँच करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी पाँच लाख ४० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
सेयर बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल मार्फत यही जेठ १४ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा जेठ १८ गते तथा ढिलोमा जेठ २८ गते बन्द हुने छ । सर्वसाधारणले न्युनतम ५० कित्ता देखि अधिकतम २७ सय कित्तासम्मको लागि आवेदन दिन सक्नेछन । बिक्री गरिने कुल सेयर मध्येमा १० हजार आठ सय कित्ता कर्मचारीहरुका लागि र २७ हजार कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याईएको कम्पनीले जनाएको छ । अधिकृत पुंजी ५० करोड, जारी पुंजी २७ करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात चुक्ता पुंजी २७ करोड रुपैयाँ पुग्ने छ ।