काठमाडौ जेठ ३
एस डेभलपमेन्ट बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २० करोड १९ लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा १४ करोड ३५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी एक अर्ब २० करोड ३० लाख २३ हजार रुपैयाँ रहेको बैकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा सात अर्ब ४२ करोड ७२ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ९७ करोड ५९ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ५३ करोड नौ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा ३९ करोड ३९ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम चार करोड एक लाख १५ हजार रुपैयाँ रहेको बैकले सो अवधिमा राईट व्याक मार्फत पाँच करोड ५१ लाख ३५ हजार रुपैयाँ प्राप्त गरेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव ६० प्रतिसत रहेको छ ।