काठमाडौ जेठ ३
चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा नेपालको कुल व्यापार घाटा छ सय ७१ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिसतले बढी हो ।
चालु आवको पछिल्लो नौ महिनामा कुल वस्तु आयात ३९ दसमलव सात प्रतिशतले बढेर सात सय २६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नौ दसमलव नौ प्रतिशतले घटेको थियो । राष्ट्र बैकले आज मंगलबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो नौ महिनाको मुलुकको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा आठ दसमलव दुई प्रतिशतले घटेको थियो ।
राष्ट्र बैकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात सात दसमलव छ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दसमलव पाँच प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०७३—०७४ को नौ महिनासम्ममा कुल वस्तु निर्यात १२ दसमलव एक प्रतिशतले बढेर ५५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २३ दसमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारततर्फ १५ दसमलव सामत प्रतिशत, चीनतर्फ आठ दसमलव पाँच प्रतिशत र अन्य मुलुकतर्फ सात दसमलव पाँच प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको तथा अलँैची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलंचौ लगायतका वस्तुहरुको निर्यात घटेको राष्ट्र बैकले जानकारी दिएको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात ३९ दसमलव सात प्रतिशतले बढेर सात सय २६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नौ दसमलव नौ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ५१ दसमलव दुई प्रतिशत, चीनबाट भएको आयात १२ दसमलव छ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २८ दसमलव नौ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम लगायतका वस्तुहरुको आयात घटेको छ