बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साझा बिकास बैकको तेस्रो त्रैमासिक नाफा एक करोड ३८ लाख

मंगलबार, जेष्ठ २ २०७४

काठमाडौ जेठ २
साझा बिकास बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ३८ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ८० लाख ७२ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । 
चुक्ता पुंजी १० करोड रुपैयाँ रहेको बैकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ४८ करोड ८४ लाख ४४ हजार रुपैयाँ निक्ष्ोप संकलन गरी ३७ करोड ७२ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी दुई करोड ४५ लाख छ हजार रुपैयाँ रहेको बैंकको प्रोभिजन रकम एक करोड ६३ लाख ६० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात सात दसमलव सात प्रतिसत रहेको छ । गत आवको सोही अवधिमा बैंकले ४९ करोड ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३६ करोड ७४ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ७० लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा छ दसमलव २६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।