काठमाडौ जेठ १
गोर्खाज फाईनान्सले २८ करोड ९३ लाख ३१ हजार तीन सय रुपैयाँ बराबरको हकप्रद सेयरको बिव्रmी खुल्ला गरेको छ । फाईनान्सले जेठ एक गतेबाट पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी ५७ करोड ८६ लाख ६२ हजार पाँच सय रुपैयाँ मध्येबाट दुुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद सेयरको बिव्रmी खुल्ला गरेको हो ।
बिव्रmी प्रवन्धक एनआईबिएल क्यापिटल रहेको फाईनान्सको हकप्रद सेयरको बिव्रmी कार्य आगामी असार चार गतेसम्म जारी रहने छ । अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाईनान्सको हकप्रद सेयरको बिव्रmी पश्चात भने चुक्ता पुंजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ पुुग्ने छ ।