मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेम्वाङसहितका एमाले नेता भोट माग्न एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगे

बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङसहितको टोलीले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेका हुन् ।  

नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता अध्यक्ष नेपाललाई भेट्न पुगेका हुन् ।

यसरी नै एमाले नेताहरु रास्वपा र राप्रपासँग पनि भोट माग्न जाने बताइएको छ । नेम्वाङले बिहीबार अन्य दलका नेताहरूलाई भेटेर मत माग्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्न तयारी भएको बताएका छन् ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् । 

कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।