मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

धर्मसंकटमा प्रचण्ड !

बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश यात्रा चीन हुन्छ कि भारत भन्ने थियो, त्यो चाहिँ तोडिएर कतारबाट हुने भएको छ । अतिकम विकसित मुलुकको सम्मेलनमा भाग लिन उनी २२ फागुनमा कतार जानेछन् । तर, त्यसबाहेक भारत र चीनमध्ये पहिला कुन रोज्छन् भन्ने चाहिँ चासोको विषय बनेको छ । चीनले बोआओ फोरमा भाग लिन प्रधानमन्त्रीलाई निम्ता गरिसकेको छ ।

आउँदो मार्चमा हुने बोआओ फोरममा प्रधानमन्त्री प्रचण्ड जाने भएमा भारतले पनि त्यसैको आसपासमा निम्ता गर्ने चर्चा कूटनीतिक क्षेत्रमा हुन लागेका छन् । अघिल्लोपटक प्रधानमन्त्री केपी ओलीलाई पनि बोआओ फोरममा जान नदिन भारतले मिति जुधाएर निम्ता गरेको थियो । विगत तीन बर्षदेखि बोआओ फोरममा नेपालले सहभागिता गुमाउँदै आएको छ । 

राजा वीरेन्द्र शाह सहभागी भएर नेपालले बोआओ फोरममा उच्चस्तरीय सहभागिता हुन थालेको हो । बोआओ फोरमको पहिलो सम्मेलनमै नेपालबाट उच्चस्तरीय सहभागिता हुँदै आएको थियो । तर, विगत ३ बर्षदेखि भने त्यसमा समस्या आएको छ । प्रचण्ड भने अहिले संसार भरका ठूलो आर्थिक मञ्चमा सहभागी हुने र आर्थिक सहायता भित्र्याउने रणनीतिमा लाग्ने संकेत गरेका छन् । त्यसैले बोआओ फोरममा जान सक्ने बताइएको छ । तर, त्यही बेला भारतले बोलाएमा चाहिँ प्रचण्डले कसरी व्यवस्थापन गर्छन् भन्ने प्रश्न उठेको छ । साँघुबाट