बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रिडी हाईड्रोले आज लगानीकर्तामा निराशा

सोमबार, जेष्ठ १ २०७४

  

काठमाडौ जेठ १
नेप्से शुन्य दसमलव ६५ अंकले बढेर १६ सय ५९ दसमलव २३ बिन्दुमा पुगेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव ३१ अंकले बढेर तीन सय ५४ दसमलव १० बिन्दुमा चढेको छ । एक सय ३९ कम्पनीहरुको चार हजार चार सय ४९ वटा कारोवारमा ११ लाख ३१ हजार सात सय ९५ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम ६७ करोड ५५ लाख तीन हजार आठ सय ६५ रुपैयाँ पुगेको छ । 
आज आठ वटा समुहको कारोवार भएकोमा आज पाँच वटा समुहको कारोवार बढेर तीन वटा समुहको कारोवार घटेको छ । उत्पादनमुलक समुहको सुचक २५ दसमलव तीन अंकले बढेर २२ सय २८ दसमलव ६४ बिन्दुमा कायम रहेकोमा २३ लाख ९५ हजार आठ सय ४० रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक पनि आठ दसमलव ६५ अंकले बढेर आठ हजार नौ सय ३० दसमलव ८१ बिन्दुमा चढेकोमा १६ करोड ८० लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक दुई दसमलव ६४ अंकले बढेर १५ सय तीन दसमलव ५० बिन्दुमा चढेकोमा २० करोड २८ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आज होट र फाईनान्स समुहले पनि कमाएका छन भने बिकास बैक, जलबिद्युत र अन्य समुहले गुमाएकाछन । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य     आजको बढेको मुल्य 

१    बोटर्लस नेपाल (तराई)    ४५३९                ९.९८
२    प्रोग्रेसिभ फाईनान्स    २३४                ९.८६
३    दिव्येश्वरी हाईड्रो पावर २६८                ८.०६
४    सिर्नर्र्जी फाईनान्स    १७६                ६.६७
५    तारागाउँ रेजिडेन्सी    २७४                ६.५९
गुमाउने  कम्पनी (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य     आजको घटेको मुल्य 

१    रिडी हाईड्रो पावर कम्पनी    २१७                ९.९५