मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

झण्डै चार अंकले घट्यो नेप्से

मंगलबार, फाल्गुन १६ २०७९

काठमाडौं- नेप्से घटेको छ । आज मंगलबार नेप्से पुन तीन दशमलव ८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव शुन्य आठ प्रतिशतले घटेर तीन सय ८१ दशमलव ९३ अंकमा पुगेको छ । दुई सय ६२ वटा कम्पनीहरुको २८ हजार छ सय ८४ पटकको कारोबारमा ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको हुँदा चार वटा समुहहरुको सुचक बढेपनि बाँकी नौ वटा समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव १८ अंकले घटेर १३ सय १७ दशमलव ५० अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि चार दशमलव ५८ अंकले घटेर १६ सय ९० दशमलव २६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २२ दशमलव २८ अंकले घटेर १० हजार एक सय ५९ दशमलव २३ अंकमा पुगेको छ भने बिकास बैंक, निर्जिवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहहरुको सुचक पनि घटेका छन् । जलबिद्युत, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक भने आज बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आँधीखोला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रिमियर इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा युनिभर्सल पावर कम्पनी परेको छ ।