काठमाडौं – नेप्से अन्तत, बढेको छ । कारोबार खुलेको पहिलो दुई घण्टा ५० अंकले घटेको नेप्से अन्तिम समयमा आएर चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २८ अंकले घटेर तीन सय ८४ दशमलव आठ अंकमा झरकेो छ । दुई सय ६२ वटा कम्पनीहरुको ५० हजार पाँच सय ३२ पटकको कारोबारमा ६५ लाख १५ हजार आठ सय ५२ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय छ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा पाँच वटा समुहले गुमाएका छन् भने बाँकी आठ वटा समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ९१ अंकले घटेर १३ सय २२ दशमलव ६० अंकमा पुगेको छ भने जीवन बीमा, उत्पादमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुुचक भने ३० दशमलव २० अंकले बढेर तीन हजार छ सय ६७ दशमलव ३३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ८८ अंकले बढेर २५ सय ७५ दशमलव ३४ अंकमा पुगेको छ । यि बाहेक निर्जिवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिजय लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड–१ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।