बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको हो ।

आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदै छ ।  कांग्रेस लगायत ८ दलले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सहमति गर्दा एमालेले आफ्नै तर्फबाट राष्ट्रपतिको उम्मेदवार उठाउने बताउँदै आएको छ ।