बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रंग फेर्ने प्रतियोगितामा प्रचण्डसँग छेपारोले पनि हार्छ : गोकुल बाँस्कोटा

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोसमेतले पुष्पकमल दाहाल प्रचण्डसँग हार्ने टिप्पणी गरेका छन् ।

एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि एमाले नेता बास्कोटाले सो टिप्पणी गरेका हुन् ।

‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगिता भए पनि छेपारो नै हार्छ,’ बाँस्कोटले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।’

एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्ड प्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफ्नै लयमा हिड्नु पर्ने पनि बताएका छन् । ‘एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’