बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक : राष्ट्रपतिको उम्मेदवार चयन गर्ने

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौं  । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाईएको हो । 

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।  राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ । 

 हिजो बसेको ७ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्टपतिमा समर्थन गर्ने निर्णय गरे पछि आज उम्मेदवार चयन गर्न लागेको हो । 

अहिले केन्द्रीय कार्यालयमा बैठकका लागि नेताहरू जम्मा भइरहेका छन् । उनीहरुलेबधाई साटासाट गरिरहेका छन् ।