बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकअफ काठमाण्डुुमा आस्वा निःशुल्क

बिहिबार, बैशाख २८ २०७४

काठमाडौं, 
बैंक अफ काठमाण्डूले नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीअन्तर्गत धितोपत्र निष्काशन हँुदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा सोहीसम्बन्धी कार्य गर्ने अनुमति पाएअनुसार काम प्रारम्भ गरिसकेको छ । 
यो प्रणालीअन्तर्गत धितोपत्र निष्काशन हँुदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेपश्चात् एक सय रुपैयाँ प्रतिआवेदन लिइरहेकोमा अब उप्रान्त निःशुल्क सुविधा प्रदान गर्ने निर्णय गरेको छ । यसबाट बैंकका ग्राहकहरुले थप सुविधा प्राप्त गर्न सक्नेछन् भन्ने विश्वास बैंकले लिएको छ ।