काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने युएई जान नपाउने भएका छन् । सन्दीपले विदेशमा खेल्न जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आइतबार पेशी तोक्न आदेश दिएको छ ।
सन्दीपले विश्वकप लिग-२ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ भनि बिहीबार सर्वोच्चमा निवेदन थिए । सोमबारबाट सुरु हुने आठौँ श्रृंखलामा नेपालले यूएई र पपुवान्यु गिनीसँग दुई–दुई खेल खेल्दैछ । त्यसका लागि नेपाली राष्ट्रिय टोली शनिबार दुबई जाँदैछ ।