काठमाडौं – मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरिखिम्तिस्थित सडकमा मे.१ च ४१७१ नम्बरको भ्यानले मे.७ प ७५४३ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका–४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय बिशाल सिटौलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरीको ईटहरी उपमहानगरपालिका–२० तरहरास्थित सडकमा को.२५ प ८४४४ र प्रदेश १–०२–०४३ प २९१ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा प्रदेश १–०२–०४३ प २९१ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका–७ बस्ने ४० वर्षीया पिङ्गला थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पिङ्गलाको छोरा २४ वर्षीय रिदम थापा र घाइते भएका को.२५ प ८४४४ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रुपन्देहीको साँस्कृतिक नगरपालिका–८ भगतपुरवास्थित सडकमा लु.८६ प ४०५ नम्बरको मोटरसाइकल लु.४ त ४४६५ नम्बरको टयाक्टरमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका–६ बस्ने २४ वर्षीय राजेन्द्र पाशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।