बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमालेको सचिवालय बैठक भोलि बस्ने, यस्ता छन् एजेण्डा

शुक्रबार, फाल्गुन १२ २०७९

काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । 

नेकापा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने एजेन्डालाई प्राथमिकता राखेर छलफल गर्नेछ । 

बुधवार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो । 

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ ।