काठमाडौं,
नेपाल एसबीआई बैंकले हकप्रद सेयर समायोजन गरेको छ । नेप्सेका अनुसार बैंकले साताको तेस्रो कारोबार दिन मंगलबार ४० प्रतिशत हकप्रद समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक हजार २९ रुपैयाँ तोेकेको छ ।
पछिल्लोपटक १४ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको बैंकले सो दिनको लागि एक हजार ५० रुपैयाँलाई प्रतिकित्ता सेयरको आधार मूल्य तोकेको छ । बजार पुँजीकरण ९७ अर्ब ६० करोड ५१ लाख ७६ हजार दुुई सय रुपैयाँ पुुगेको बैंकको स्टकमा एक सय रुपैयाँ अ्रंंकित मूल्य कायम रहेको छ अर्ब ९७ करोड १७ लाख ८३ हजार तीन सय रुपैयाँबराबरको छ करोड ९७ लाख १७ हजार नौ सय ८३ कित्ता सेयर सूचीकृत रहेको छ । सोही दिन फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको २० लाख कित्ता सेयर सूचीकृत भएको जानकारी पनि नेप्सेले दिएको छ ।