बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्ट्यान्डर्ड चार्टर्ड बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब छ करोड

बिहिबार, बैशाख २८ २०७४

काठमाडौं, 
स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब छ करोड ४२ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ९० करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुँजी तीन अर्ब ७४ करोड ९९ लाख एक हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६९ अर्ब ५६ करोड ७४ लाख ७१ हजा रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ५५ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा दुुई अर्ब ४७ करोड १८ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब ५५ करोड ५५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम एक अर्ब ६१ करोड ३९ लाख ९१ हजार रुपैयाँ रहेको बैंकको ‘राइट ब्याक’ रकम चार करोड ६३ लाख ४२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २३ प्रतिशत रहेको छ । 
गत आवको सोही अवधिमा बैंकले ५८ अर्ब १२ करोड ४० लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ३३ करोड ४९ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३० करोड ७२ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।