बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

बुधबार, फाल्गुन १० २०७९

काठमाडौं । राष्ट्रपति उम्मेदवार बारे निर्णय लिन नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

महासचिव बेदुराम भुसालका अनुसार राष्ट्रपतिको उम्मेदवार र विकसित रानीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म भएका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे सचिवालयमा छलफल गर्ने बैठकको कार्यसूची छ ।  

यसैबीच अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा छ भने एकीकृत समाजवादीले आधिकारिक रुपमा उक्त प्रस्ताव आएको बारे भनेको छैन ।