२१ अंकले घट्दा एक अर्ब ६८ करोडको कारोबार
काठमाडौँ – नेप्से आज पनि घटेको छ । आज बिहिबार नेप्से २१ दशमलव १५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ७० अंकले घटेर तीन सय ९६ दशमलव ४४ अंकमा पुगेको छ ।
आज नेप्सेमा दुई सय ५६ वटा कम्पनीहरुको ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से राताम्मै देखिएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ७५ अंकले घटेर १३ सय ५१ दशमलव ९१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको समुहको सुचक पनि ३७ दशमलव ५९ अंकले घटेर २५ सय ४१ दशमलव ६६ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि एक सय ४४ दशमलव नौं अंकले घटेर १० हजार तीन सय १३ दशमलव ४४ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय २४ दशमलव दुई अंकले घटेर आठ हजार नौं सय ५९ दशमलव ६५ अंकमा पुगेको छ। यसैगरी विकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा लार्ज क्याप फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।