एजेन्सी, २२ वैशाख ।
इन्डियन प्रिमियर लिग ९आएपीएल० क्रिकेट लिगबाट गुजरात नकआउट चरणबाट बाहिरिएको छ ।
आईपीएल अन्तर्गत विहीबार राती भएको खेलमा दिल्ली डेयरडेभियल्ससँग पराजित भएसँगै गुजरात बाहिरिएको हो । गुजरात लाइन्स दिल्लीसँग ७ विकेटले पराजित भएको हो ।
गुजरात लायन्सले दिएको २ सय ९ रनको लक्ष्य दिल्ली डेयरडेभिल्सले १५ बल बाँकी छँदै तीन विकेट जाँदा भेट्टाएको हो । दिल्लीका लागि रिसब पन्तले ४३ बलमा ९७ रन बनाए । उनले ९ छक्का र ६ चौका हानेका थिए । यस्तै सन्जु सामसनले ७ छक्काको सहयोगले ३१ बलमा ६१ रन बनाए । यी दुवैले दोस्रो विकेटका लागि १ सय ४३ रनको साझेदारी गरेका थिए । कोरी एन्डरसनले १२ बलमा १८ रन, करुन नायरले ११ बलमा १२ रन, श्रेयर ऐएरले ८ बलमा १४ रन बनाए । गुजरातका प्रदीप साङवान, बसिल थम्पि र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले ४३ बलमा ७७ रन तथा दिनेश कार्थिकले ३४ बलमा ६५ रन बनाएका थिए । आरोन फिन्चले १९ बलमा २७ रन र रविन्द्र जडेजाले ७ बलमा १८ रन बनाए । दिल्लीका कागिसो रबाडा, प्याट क्युमिन्सले दुई दुई साथै कोरी एन्डरसनले एक विकेट लिए ।