मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

बढ्यो सुनको मूल्य

आइतबार, माघ २९ २०७९

काठमाडौं  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य  ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको छ। 

शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।