बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस–एमालेका छुट्टा छुट्टै कुवा !

शुक्रबार, बैशाख २२ २०७४

सुर्खेत, २२ वैशाख ।

  प्रदेश ६ को दक्षिणी प्रस्थानविन्दु भेरीगंगा नगरपालिकाको मध्यभागबाट भेरी नदी बग्छ । भेरीको पानी डाइभर्सन गरेर बबईसम्म पुर्याउन राष्ट्रिय गौरवको आयोजनाले गति लिइसकेको छ । तर, भेरी वरपरका बस्तीहरु भने सधैं काकाकुलझै छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरुका लागि खानेपनी मुद्दा यहाँ मुख्य नारा बन्ने नै भयो । त्यो भन्दा बढी वडा नं। ९ को ‘पानी राजनीति’ रोचक देखिएको छ ।

मुख्य प्रतिस्पर्धी दलहरु कांग्रेस र एमालेले गाउँमा राजनीतिक संगठन मात्र गठन गरेका छैनन्, डिप बोरिङबाट पार्टीका शुभेच्छुकलाई खानेपानी उपलब्ध गराएर पानी राजनीति पनि गरिरहेका छन् । स्थानीयले ती डिप बोरिङको नाम ‘कांग्रेस कुवा’ र ‘एमोले कुवा’ राखेका छन् ।

दुई वर्षअघि कांग्रेस कार्यकार्ता राजु रसाइलीले डिप बोरिङका लागि आफ्नो बारीमा कुवा खने । पानी निस्क्यो पनि । तर, उनले सिंगो गाउँलाई पानी बाँड्न कन्जुस्याइँ गरे । कतिसम्म भने छेवैका एमाले कार्यकर्ता गोपाल ददेल र उनका छिमेकीलाई समेत खानेपानी दिन अनिच्छा देखाए । त्यो झोँकमा ददेलले अर्को कुवा छने ।

उक्त बोरिङबाट गाउँका १ सय २० परिवारलाई खानेपानी वितरण भइरेको छ ।