बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा उच्च बृद्धि : ७६ अंकले बढ्दा तीन अर्ब ३६ करोडको कारोबार 

मंगलबार, माघ २४ २०७९

काठमाडौं – नेप्से उच्च अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ७६ दशमलव ६४ अंकले बढेर २१ सय ७७ दशमलव ३४ अंकमा पुगेको छ भने सेन्सिटिभ १२ दशमलव ८५ अंकले बढेर चार सय १५ दशमलव शुन्य एक अंकमा पुगेको छ । दुई सय ६० वटा कम्पनीहरुको ५९ हजार नौं सय २७ पटकको कारोबारमा ९३ लाख ३३ हजार सात सय ८८ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैंयाँ कायम भएको छ । 

आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक ३२ दशमलव २४ अंकले बढेर १४ सय दुई दशमलव ५८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय चार दशमलव ४७ अंकले बढेर १८ सय ६४ दशमलव ५१ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि एक सय ३८ दशमलव १७ अंकले बढेर २७ सय ३८ दशमलव १७ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि चार सय ६७ दशमलव २६ अंकले बढेर १० हजार नौं सय ९३ दशमलव छ अंकमा पुगेको छ । निर्जिवन बिमा, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बरुण हाईड्रो पावार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्सको ऋणपत्र २०८३ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक पहिलो स्थानमा परेको छ ।