काठमाडौं – नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १५ दशमलव ५१ अंकले घटेको नेप्से आज बुधबार चार दशमलव ९७ अंकले बढेर २१ सय १६ दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ५३ अंकले बढेर चार सय एक दशमलव १६ अंकमा पुगेको छ । आज दुई सय ६१ वटा कम्पनीह्रुको ३६ हजार आठ सय ७९ पटकको कारोबारमा ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौं सय १६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा पाँच वटा समुहको सुचक घटेपनि बाँकी रहेका आठ वटा समुहको सुुचक भने बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६२ अंकले बढेर १३ सय ६७ दशमलव ७५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ४५ दशमलव ६५ अंकले बढेर तीन हजार सात सय २७ दशमलव ५४ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि तीन दशमलव ७७ अंकले बढेर २६ सय ४३ दशमलव ३८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ८८ दशमलव पाँच अंकले बढेर १० हजार आठ सय ९७ दशमलव ११ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन र उत्पादमुलक समुहको सुचक पनि बढेका छन् । लघुवित्त, ट्रेडिङ्ग, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक भने आज घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आर्दश लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल समृद्धि फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक पहिलो स्थानमा परेको छ ।