बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेको विजयी सुरुवात ः गाउँपालिकामा सिंगो प्यानल निर्विरोध

बुधबार, बैशाख २० २०७४

काठमाडौं, २० वैशाख । डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका टसी टुण्डुक गुरूङ निर्बिरोध निर्बाचित भएका छन् । सो गाउपालिकामा उपाध्यक्ष पदमा बाहेक अरू सबै पदहरूमा एमालेका उम्मेदवारहरू निर्बिरोध भएको भर्खरै जानकारी प्राप्त भएको छ ।

यसैगरी  स्थानीय नेताका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ नम्बर वडा सदस्यमा कृष्णा कुमारी नेपाली र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ नम्बर वडा सदस्यमा गीता सोनाम निर्बिरोध निर्बाचित भएका छन् ।

यस्तै काभ्रेमा पनि मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छन् । २ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।