मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेमा पुन पहिरो,  सुचक तथा कारोबार रकम दुबै घटे

मंगलबार, माघ १७ २०७९

काठमाडौं – नेप्सेमा पुन पहिरो गएको छ । अघिल्लो दिन उच्च् अंकले घटेको नेप्से आज मंगलबार पुन १५ दशमलव ७० अंकले घटेर २१ सय ११ दशमलव ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ३६ अंकले घटेर चार सय दशमलव ६२ अंकमा पुगेको छ । दुई सय ५९ वटा कम्पनीहरुको ५३ हजार आठ सय ७८ पटकको कारोबारमा ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ रुपैंयाँ पुगेको छ । 

आज नेप्सेमा १३ वटा समुहहरुको कारोबार हुँदा जलबिद्युत समुहको सुचक शुन्य दशमलव ६० अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ६३ अंकले घटेर १३ सय ६६ दशमलव ४४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय २८ दशमलव ४४ अंकले घटेर १० हजार आठ सय १३ दशमलव एक अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ३२ दशमलव २४ अंकले घटेर नौं हजार एक सय ७७ दशमलव ३२ अंकमा पुगेकोमा फाईनान्स, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आर्दश लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्राईम लाईफ इस्न्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ ।