मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेमा भिषण पहिरो, सबै सुचक रातै

सोमबार, माघ १६ २०७९

काठमाडौं – नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार ४१ दशमलव एक अंकले घटेर २१ सय २७ दशमलव ५२ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि सात दशमलव ३३ अंकले घटेर चार सय दुई दशमलव ९८ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ५६ वटा कम्पनीहरुको ५७ हजार एक सय २६ पटकको कारोबारमा ८८ लाख ३६ हजार चार सय ८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव दुई अंकले घटेर १३ सय ७७ दशमलव ८४ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ६२ दशमलव छ अंकले घटेर १७ सय ५२ दशमलव एक अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ७८ दशमलव ५० अंकले घटेर २६ सय ४० दशमलव ३१ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय २१ दशमलव ५४ अंकले घटेर १० हजार नौं सय ४१ दशमलव ४४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इदीमर्दी आरबी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।