बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

सोमबार, माघ १६ २०७९

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ खोचलेक बजार बस्ने ५० वर्षीय वीर सिंह कार्कीलाई अवैध लागूऔषध चरेश १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कार्कीले संचालन गरेको किराना पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

झापाको विर्तामोड नगरपालिका–५ जात्रुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित भारत घर भएका २५ वर्षीय दिलसाद रहमान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले डब्लुबि ७४ बि ए ६७७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४९ एम्पुल, नुर्फिन १ सय ४६ एम्पुल र फेनारगन १ सय ५० एम्पुल सहित सोही नगरपालिका–२ बस्ने ३९ वर्षीय सञ्जु राई समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट करिब १५ केजी अवैध लागूऔषध गाँजा फेला पारी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले बसपार्कस्थित पुरानो नारायणी काउण्टरको बाहिर प्यासेजमा वेवारिसे अवस्थामा रहेको २ वटा झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।