बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्याण्डबीच भेटवार्ता

सोमबार, माघ १६ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले भेटवार्ता गरेकी हुन् ।

नुल्यान्ड दुईदिने नेपाल भ्रमणका लागि आइतबार साँझ आइपुगेकी हुन् । 

दुईदिने भ्रमणका क्रमाम नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारी लगायतका बृहत एजेन्डाहरुमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

नुल्यान्डले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग भेटवार्ता काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

तीन दशकभन्दा धेरै समय कुटनीतिक क्षेत्रमा काम गरिसकेका नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।