काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छिन् ।
नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको भ्रमणले प्रचण्ड नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको हुनसक्ने अनुमान गरिएको छ ।
नेपालमा उनले अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डाहरूमा छलफल गर्ने भनिएको छ।
दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रभावशाली नेताहरूलाई भेट्नेछिन्।
चुनावपछि फेरिएको राजनीतिक परिदृश्यबारे बुझ्ने र सम्बन्धहरू विस्तार गर्ने उद्देश्य सहित अमेरिकी कूटनीतिज्ञ नेपाल आउन लागेको अनुमान गरिएको छ ।