काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।
स्रोतका अनुसार उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ ।
निवर्तमान उपप्रधान तथा गृहमन्त्री समेत रहेका रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ ।
सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो ।