काठमाडौँ – नेपाली व्यवसायीहरुको टोली अर्थात नेपाल उद्योग वाणिज्य महासंघको टिमलाई दक्षिण कोरियामा सुर्खेत समाज दक्षिण कोरियाले स्वागत तथा भेटघाट कार्यक्रम आयोजन गरेको छ । महासंघका केन्द्रिय सदस्य एवम् कृषि उद्यम केन्द्रका सभापति अरुण राज सुमार्गीको नेतृत्वमा दक्षिण कोरिया पुगेको महासंघको टोलीलाई सुर्खेत समाजले आईतबार दक्षिण कोरिया छियास्थित दुर्गा रेस्टुरेन्टमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजन गरेको हो ।
कार्यक्रममा नेपाली कृषि कामदारको लागि कोरियालाई एक सफल अनि सुरक्षित गन्तव्य बनाउने विषयक अन्तरक्रिया साथै नेपालमा विद्यमान व्यवसायिक सम्भावना तथा चुनौती विषयक छलफल हुने बताइएको छ ।
सुर्खेत समाजले कोरियावासी सम्पुर्ण नेपालीहरुमा उपस्थितिको लागि अनुरोध समेत गरको छ।
यस्तो छ कार्यक्रमहरु:-
* नेपाल उद्योग वाणिज्य महासंघको टिमलाई स्वागत
*नेपाल उद्योग वाणिज्य महासंघ कोरिया भ्रमण विषयक छलफल
*नेपालमा विद्यमान व्यवसायिक सम्भावना तथा चुनौती विषयक छलफल
*नेपाली कृषि कामदारको लागि कोरियालाई एक सफल अनि सुरक्षित गन्तव्य बनाउने विषयक अन्तरक्रिया