बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रविप्रति सिके राउतको प्रतिक्रिया:  उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो, हर्क भन्छन् : सर्वोच्च भन्दा जनताको अदालत ठूलो हुन्छ

शनिबार, माघ १४ २०७९

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरेका छन् । 

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद गुमेको छ ।

अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’

यसरी नै धरानका मेयर हर्क साम्पाङले पनि सर्बोच्च अदालत भन्दा ठुलो जनअदालत हुने धारणा व्यक्त गरेका छन् । उनले रवि नेपाली हुन् कि होइनन् भनेर सोध्दा जनताले जे भन्छन् त्यसैलाई सत्य मान्नुपर्छ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

सर्बोच्च अदालत भन्दा ठुलो हुन्छ जनअदालत ! नेपाली जनतालाई सोधौँ ‘ रवी नेपाली हुन् कि होइनन् र ? जनताले जे भन्छन् त्यसैलाई सत्य मान्नु पर्छ !