छ वटा समुहले गुमाउँदा सात वटा समुहले कमाए
काठमाडौं – नेप्से सुचक तथा कारोबार रकम दुबै घटेका छन् । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से शुन्य दशमलव ४१ अंकले घटेर २१ सय ८३ दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव १० अंकले घटेर चार सय १३ दशमलव १४ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ५४ वटा कम्पनीहरुको ४७ हजार नौं सय नौं पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३९ रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहहरुको कारोबार हुँदा आज छ वटा समुहह्रुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव छ अंकले घटेर १४ सय एक दशमलव १४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि २१ दशमलव ४३ अंकले घटेर तीन हजार आठ सय ४९ दशमलव ९० अंकमा पुगेको छ । यसैगरी फाईनान्स, लघुवित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सुचक भने २२ दशमलव दुई अंकले बढेर २७ सय २७ दशमलव ३३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ३८ दशमलव १८ अंकले बढेर ११ हजार ३१ दशमलव ८२ अंकमा पुगेको छ । यि बाहेक निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने समृद्धि फाईनान्स परेको छ ।