बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यार्सागुम्बा व्यवस्थापन गर्न निर्देशिका

मंगलबार, बैशाख १९ २०७४

काठमाडौँ, १९ वैशाख ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ ।

हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा वन तथा भूसंरक्षण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका जारी गरिएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए ।
यार्सागुम्बा पाइने संरक्षित क्षेत्रमा कञ्चनजंगा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र अपी नाम्पा वन्यजन्तु आरक्ष क्षेत्र रहेका छन् ।

निर्देशिकामा यार्सागुम्बा टिप्नका लागि संरक्षित क्षेत्रभित्रका जनतालाई  पाँच सय, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई  एक हजार र जिल्ला बाहिरकालाई  दुई हजार राजस्व तिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

जेठको दोस्रो हप्तादेखि असार मसान्तसम्म पाइने यार्सागुम्बा टिप्नका लागि १६ वर्ष नाघेका व्यक्तिलाई मात्र स्वीकृति दिइएको छ भने संकलन भएको यार्सागुम्बा बिक्री–वितरणका लागि सम्बन्धित कार्यालयको अनुमति लिनुपर्ने निर्देशिकामा जनाइएको छ ।