बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आठ अंकले बढ्यो नेप्से  चार वटा समुहले गुमाउँदा नौं वटा समुहले कमाए

मंगलबार, माघ १० २०७९

काठमाडौं – अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने बढेको छ । नेप्से आज आठ दशमलव १४ अंकले बढेर २१ सय ७३ दशमलव २४ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ५३ अंकले बढेर चार सय १५ दशमलव ५४ अंकमा चढेको छ । दुई सय ४८ वटा कम्पनीहरुको ५२ हजार चार सय ६० पटकको कारोबारमा आज ८३ लाख एक सय ८७ कित्ता सेयर किनबेच हुुँदा कारोबार रकम तीन अर्ब ३२ लाख ३९ हजार रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुुँदा चार वटा समुहले गुमाएका छन् भने नौं वटा समुहले कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १५ अंकले घटेर १४ सय १४ दशमलव ६६ अंकमा झर्दा उत्पादनमुलक, लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने चार दशमलव ६० अंकले बढेर तीन हजार आठ सय ४३ दशमलव नौं अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि २८ दशमलव १३ अंकले बढेर २६ सय ६८ दशमलव ७५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक दशमलव ५७ अंकले बढेर १० हजार छ सय २७ दशमलव ४८ अंकमा पुग्दा फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङखोला जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।