बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गर्लफ्रेन्ड–ब्याईफ्रेन्ड राजीखुशीले होटलमा बसे प्रहरीले डिस्टर्ब गर्दैन

शुक्रबार, माघ ६ २०७९

काठमाडौँ – उमेर पुगेको कुनै गर्लफ्रेन्ड–ब्याईफ्रेन्ड राजीखुशीले होटलमा बसेको अवस्थामा प्रहरीले छापा नहान्ने भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले बताएका छन् । उनको उक्त भनाई यतीबेला टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एक सार्वजनिक कार्यक्रममा उनले उमेर पुगेको कुनै गर्लफ्रेन्ड–ब्याईफ्रेन्ड राजीखुशीले होटलमा आएर बस्छ भने त्यहाँ प्रहरीले डिस्टर्ब गर्दैन  र त्यो प्रहरीको काम पनि नभएको बताएका छन् ।

हप्ता उठाउन होटलमा छापा हान्ने गरेको आरोप प्रहरीमाथि लाग्दै आएको छ । तर, एसपी केसीले यस्ता काम प्रहरीले नगर्ने बताएका छन् । तर, कुनै होटलमा वेश्यावृत्तिको गतिविधि भएमा भने कारबाही गरिने उनको चेतावनी छ ।