मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नौं अंकले घट्यो नेप्से,तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

बुधबार, माघ ४ २०७९

काठमाडौं – अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने घटेको छ । नेप्से आज नौं दशमलव शुन्य एक अंकले घटेर २१ सय ७२ दशमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ९३ अंकले घटेर चार सय १३ दशमलव ९० अंकमा पुगेको छ । दुई सय ४८ वटा कम्पनीहरुको ६९ हजार छ सय ३७ पटकको कारोबारमा एक करोड ३३ लाख चार हजार एक सय ४० कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम चार अर्ब ९२ करोड ८७ लाख १४ हजार छ सय दुई रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेपनि १० वटा समुहहरुको सुचक घटेको छ । ति मध्ये बिकास बैंक समुहको सुचक १८ दशमलव १७ अंकले बढेर तीन हजार नौं सय ३४ दशमलव तीन अंकमा पुग्दा जलबिद्युत र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने १० दशमलव चार अंकले घटेर एक हजार तीन सय ९२ दशमलव ३३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव ३४ अंकले घटेर १० हजार सात सय २९ दशमलव ४२ अंकमा पुगेको छ । यि बाहेक निर्जिवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ ।