काठमाडौं – नेप्सेमा भिषण पहिरो गएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ४१ दशमलव दुई अंकले घटेर २१ सय ४९ दशमलव ४१ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि सात दशमलव ८९ अंकले घटेर चार सय ११ दशमलव २५ अंकमा पुगेको छ । दुई सय ५२ वटा कम्पनीहरुको ८३ हजार एक सय १३ पटकको कारोबारमा एक करोड ४४ लाख ८२ हजार नौं सय ५९ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आाज १३ वटा समुहहरुको कारोबार हुँदा ट्रेडिङ्ग समुहको सुचक बढेपनि बाँकी १२ वटा समुहहरुको सुचक घटेर रातै भएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक १५ दशमलव चार अंकले घटेर १४ सय छ दशमलव ८२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि ५८ दशमलव एक अंकले घटेर २५ सय २८ दशमलव ६५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय नौं दशमलव ५६ अंकले घटेर १० हजार छ सय ९२ दशमलव १६ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ३३ दशमलव ८१ अंकले घटेर नौं हजार एक सय ७४ दशमलव दुई अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी धनबृद्धि योजना परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।