काठमाडौं, १६ वैशाख ।
हिन्दू धर्मावलम्विहरूले मनाउने चाडहरूमध्येको एक हो अक्षय तृतिया । वैशाख शुक्ल तृतियामा मनाइने यो पर्व आज मनाइदैं छ ।
यो पर्वमा विशेष गरी जौको सातु, सर्वत, माटोका गाग्रा, छाताआदी शितलता प्रदान गर्ने वस्तु दान दिने प्रचलन गरेको छ । ग्रिष्म ऋतु सुरु हुने भएकाले गर्मीबाट शरीरलाई वचाउन शितलता प्रदान गर्ने कुरा खानु पर्छ, त्यस्तै तातो घामबाट जोगिएर हिड्नु पर्छ भन्ने सन्देश यी दानले दिने गर्दछन् । धार्मीक विश्वासअनुसार भने आजका दिन यी वस्तु दान गर्दा अक्षय धर्म हुने अर्थात कहिल्र्य नास नहुने पुण्य प्राप्त हुन्छ ।
मत्स्य पुराणका अनुसार आजकै दिनदेखि त्रेता यसगको सुरुवात भएको थियो । आजकै दिन भगवान विष्णुको सातौ अवतार जमदग्नी र रेणुकाका सुपुत्रकारूपमा पर्शुरामको जन्म भएकाले पर्शुराम जयन्ती पनि भनिन्छ ।