काठमाडौ बैशाख १५
नेपाल राष्ट्र बैकले पाँच अर्ब रुपैयाँको नागरिक बचत पत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैकले विभाग पाँच बर्र्षे अवधिको नागरिक बचतपत्र २०७९ जारी गर्न लागेको हो ।
बिव्रmी खुल्ला हुने अवधि यही बैशाख २४ गतेदेखि जेठ १४ गतेसम्म तोकिएको बचतपत्रको निष्काशन मिती २०७४ जेठ १९ गते तोकिएको छ भने साँवा भुक्तानी मिती २०७९ जेठ १९ गते तोकिएको छ। अर्धबार्षिकरुपमा व्याजदर भुक्तानी हुने सो बचतपत्रमा बार्षिक आठ दसमलव ५० प्रतिसत व्याज दर तोकिएको छ ।
सर्वसाधारणले घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर बचतपत्र खरिद गर्नुपर्ने छ । खरिद गरिएको बचतपत्रलाई राष्ट्र बैक बाहेकका अन्य बैक तथा फाईनान्स कम्पनीहरुमा कर्जा प्रयोजनको लागि धितोकोरुपमा समेत प्रयोग गर्न सकिने जानकारी दिएको छ ।