मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेप्सेमा दोहोरो अंकले गिरावट : कारोबार रकम भने बढ्यो

मंगलबार, पुष २६ २०७९

काठमाडौं – अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार भने दोहोरो अंकले घटेको छ । नेप्से आज २१ दशमलव ३५ अंकले घटेर २१ सय ९० दशमलव ४२ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव ७५ अंकले घटेर चार सय १९ दशमलव १६ अंकमा झरेको छ । आज दुई सय ५४ वटा कम्पनीहरुको एक लाख ९९ हजार ६७ पटकको कारोबारमा दुई करोड आठ लाख ४३ हजार नौं सय ५२ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम सात अर्ब ६५ करोड ८८ लाख २३ हजार पाँच सय ७९ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा दुई वटा समुहको सुचक बढेर बाँकी समुहको सुुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक आठ दशमलव ४१ अंकले बढेर १४ सय २१ दशमलव आठ अंकमा चढेको छ भने सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । आज बिकास बैंक समुहको सुुचक भने ४१ दशमलव ७४ अंकले घटेर तीन हजार नौं सय छ दशमलव ३४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि १५ दशमलव छ अंकले घटेर २५ सय ८७ दशमलव ७२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ४३ दशमलव नौं अंकले घटेर ११ हजार एक दशमलव ७२ अंकमा पुगेकोमा निर्जिवन बीमा, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तारागाउँ रिजेन्सी होटल परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने न्यादी ग्रुप पावर लिमिटेड परेको छ ।