मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबैमा उच्च बृद्धि

आइतबार, पुष २४ २०७९

तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २० दशमलव ५५ अंकले बढेर २१ सय ६४ दशमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ पनि चार सय ११ दशमलव २३ अंकमा पुगेको छ । दुई सय ५९ वटा कम्पनीहरुको ७५ हजार चार सय ६५ पटकको कारोबारमा एक करोड ४१ लाख नौं सय ८८ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार एक रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा तीन वटा समुहहरुले गुमाएका छन् भने १० वटा समुहले कमाएका छन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव २५ अंकले घटेर १३ सय ८३ दशमलव ४५ अंकमा पुग्दा लघुवित्त र उत्पादनमुलक समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने १९ अंकले बढेर तीन हजार आठ सय २४ दशमलव ५२ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ३५ दशमलव ७६ अंकले बढेर १८ सय ६५ दशमलव २१ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव ६१ अंकले बढेर २४ सय ७८ दशमलव ९३ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि चार सय ६८ दशमलव ९८ अंकमा पुगेको छ । निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खप्तड लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।